भरुवा बन्दुकसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 03 | 06:01 pm 1707

काठमाडौं, साउन १८:  रुकुम (पश्चिम) चौरजहारी नगरपालिका ३ स्यालखोला भन्ने स्थानबाट भरुवा बन्दुक १ थान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका १ कौशिलानगरका १८ वर्षीय गोरे थापा र दैलेख दुल्लु नगरपालिका १२ लम्सुका ३४ वर्षीय खडक बिक रहेका छन् ।

उनीहरुलाई शनिबार ईलाका प्रहरी कार्यालय चौरझारीबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाको विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.