भरुवा बन्दुकसहित डडेल्धुरामा एक जना पक्राउ

| 2020 Jan 29 | 08:47 pm 2356

डडेल्धुरा, ममाघ १५: अवैध हतियार भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको परशुराम नगरपालिका ३ का ५४ वर्षीय नरसिंह नायक रहेका छन् ।

उनलाई परशुराम नगरपालिका ३ द्धारीवन जंगलबाट प्रहरीको टोलीले अवैध मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

प्रहरीले नायकको साथबाट भरुवा बन्दुक एक थान, चक्कु एक थान, धातुको गोली १६ थान, धातुको छर्रा नौ थान, केप नौ थान, केप बनाउन प्रयोग गरिने पाता ६ थान, बारुद एक बट्टा समेत बरामद गरेको छ।

पक्राउ परेका नायकमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजीम हातहतियार खरखजाना कसूरमा बुधबार जिल्ला अदालत डडेल्धुराबाट १० दिन म्याद थपेर अनुसन्धान भइरहेको डीएसी न्यौपानेले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.