भरुवा बन्दुकसहित चारजना पक्राउ

रिपोर्ट नेपाल | 2018 May 31 | 09:19 am 3292

डडेल्धुरा, १७ जेठ : अवैधरूपले लिइएका तीन थान भरुवा बन्दुकसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

अवैध भरुवा बन्दुक घरमा लुकाई छिपाई राखेको अवस्थामा गन्यापधुरा–३ का केशबबहादुर शाही, टेकबहादुर भुल र कर्णबहादुर भुल र शकंरबहादुर शाहीलाई अवैध हातहतियार लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरूलाई हिरासतमा राखी आनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.