भरतपुर महानगरपालिकामा रेनु दाहाल ३० मतले अगाडि

रिपोर्ट नेपाल | 2022 May 17 | 08:19 am 1577

चितवन,  जेठ ३ः भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की  रेनु दाहाल र नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा नं. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि छिन् ।

दाहालले पाँच हजार ७ सय १८ मतका साथ अग्रता लिएकी छन् भने सुवेदीले पाँच हजार ६ सय ८८ का साथ पछ्याइरहेका छन् । स्वतन्त्रबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले दुई हजार ७ सय ८८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले छ हजार ९ सय ८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६ सय ४५ मत प्राप्त गरेका छन् ।

आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल दुई हजार ५ सय ३० मतका साथ विजयी भएका छन् । एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६ सय ३३ र राप्रपाका चर्तुभुज कँडेलले ८ सय ८० मत प्राप्त गरेका छन् ।

वडा नं ५ को मतगणना थालिएको छ । भरतपुरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामनाबाहेकका चार पालिकामा पाँचदलीय गठबन्धनको अग्रता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.