काठमाडौँ ३१ भदौ / त्रिभुवन विमानस्थलबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट यात्रु ओरालिएको छ। सोमबार बिहान विमानस्थलको ‘ट्याक्सी वे’ मा पुगेपछि बुद्ध एयरको ३५१ जहाजबाट सबै यात्रु ओरालिएको हो।
भरतपुर जान लागेको जहाज ह्विल लकमा समस्या भएपछि ट्याक्सी वेमा रोकिएको हो। जहाजमा समस्या आएपछि विमानबाट यात्रुहरुलाई ओरालिएको छ।
आज बिहान भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको नाइन एन–एआईटी जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल कार्यालयले बताएको छ।