भरतपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

| 2022 Aug 05 | 04:25 pm 3349

चितवन, साउन २०ः चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ६ देवनगरका माया विक रहेकी छन् ।

निकुञ्जसँगै रहेको दक्षिणकाली मध्यवर्ती वरण्डाभार क्षेत्रमा घाँस काट्न गएकी उनकाे  हात्तीको आक्रमणबाट मृत्यु भएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।

शुक्रबार दिउँसो करिव १ बजे घाँस काट्न गएकाबेला विकलाई हात्तीले आक्रमण गरेको थियो । उनको घटना स्थलमै मृत्यु भएको आचार्यले बताए । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज र यसका आसपासका वन क्षेत्रमा हात्ती, बाघ, गैँडाजस्ता जनावरको आक्रमण बढ्दैगएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको एक वर्षमा निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको आक्रमणले १६ जना, गैँडाको आक्रमणले ५ जना र हात्तीको आक्रमणले ४ जनाको मृत्यु भैसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.