भरतपुरमा सत्ता गठबन्धनकी उम्मेदवार रेणुले बनाइन् ५०१८ मतान्तर

रिपोर्ट नेपाल | 2022 May 21 | 08:11 am 365

चितवन, जेठ ७: भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल २७ हजार मत कटाएकी छन्। शनिबार बिहानसम्ममा दाहालले २७ हजार ७८ मत पुर्‍याएकी हुन्।

भरतपुरमा माओवादी केन्द्रकी रेणुलाई सत्ता गठबन्धनले टिकट दिएपछि स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ९ हजार ४१४ मत ल्याएका छन्। दाहालको निकटतम् प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन्। ६० हजार ६१२ मत गणना हुँदा रेणुले ५ हजार १८ मतको अग्रता कायम गरेकी छन्।

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। उनले २९ हजार १३२ मत पाउँदा प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १७ हजार १६६ मत प्राप्त गरेकी छन्।  अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.