चितवन, वैशाख ३: भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।
मिलनचोकको चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लाग्दा भरतपुर महानगरपालिका–१५ मंगलपुरका ४० वर्षीय हेमराज गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
करेन्ट लागि गम्भीर घाइते भएका गुरुङलाई उपचार गर्न भरतपुरतर्फ लैजादैँ गर्दा बाटोमा मृत्यु भएको थियो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले बताए ।