सिरहा, माघ २९ : सस्शत्र प्रहरी बल बेश क्याम्प कुशहाले सप्तरीको सुरुङ्गा नगरपालिका– ८ बाट भन्सार छली नेपाल भित्र्याइरहेको ३१ हजार मूल्य बराबरका भाँडाकुँडा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल बेशक्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक शिवशङ्कर खवासको नेतृत्वको खटिएको टोलीले दुई साइकलमा नेपाल भित्र्याइरहेका भाँडाकुँडा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सियाराम चौधरीले जानकारी दिए ।
बरामद गरिएको सामान भन्सार बुझाउने कार्य भइरहेको उनले जानकारी दिए ।