भन्सार छली गरी ल्याएको सामान सहित चारवटा ट्रक नियन्त्रणमा

रिपोर्ट नेपाल | 2023 Jul 24 | 06:43 pm 2725

पर्सा, साउन ८ । बीरगंज घण्टाघर ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको सामान सहित चारवटा ट्रक नियन्त्रणमा लिएको छ ।

बिलविजक भन्दा बढि र बिलबिजकमा उल्लेख नभएका  सामान बोकेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरीले बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ९४९१, ना ४ ख ८३३४, ना ३ ख १००९ र ना ३ ख ८०३९ नम्बरको ट्रक  नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकमा औषधी, किराना तथा हार्डवयर र कम्प्युटरका पार्ट्स लगायतका सामानहरु रहेका छन् । सामान सहितका ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जनाएका छन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.