भन्सार छलीका लाखाैंका सामान सहित मानिस नियन्त्रणमा 

| 2023 Sep 27 | 04:16 pm 2525

बर्दिया, असोज १० । भारतबाट भन्सार छलि चाेरी पैठारी गरी विभिन्न सामानहरु ल्याउने कार्यहरु दिनानु दिन बढीरहेको छ । खुल्ला सिमाना भएका कारण बर्दीया जिल्ला पनि त्यसबाट अछुतो रहन सकेको छैन ।

बर्दिया गुलरिया नगरपालिका-११ लालपुर स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा राखिएको अन्दाजी  १ लाख ३८ हजार  बराबरका SERVO मोबिल र सुर्तिजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।

त्यस्तै प्रहरी चौकी खैरापुर “क” बाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका-०७ गुलरिया गाउँ स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याईरहेको अन्दाजी मुल्य रू. १३ हजार १ सय २९  बराबरका सुर्तिजन्य पदार्थ र सो कार्यमा प्रयोगमा ल्याईएको अन्दाजी ५० हजार  बराबरको भे ५ प ७२९२ नम्बरको मोटरसाईकल सहित १ जना मानिसलाई नियन्त्रणमा लिईएको जनाइएको छ ।

साथै  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्दिया गुलरिया नगरपालिका-०८ भादा स्थितबाट अन्दाजी ४८ हजार  बराबरको DTS-I लेखिएको मोबिल बरामद गरी सामान सहित नियन्त्रणमा लिईएको मानिस समेतलाई आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.