भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको रक्तदान कार्यक्रम सम्पन्न

| 2023 Sep 20 | 01:26 pm 1677

बुटवल, असोज ३ । गुल्मी भनभने स्थाई घर भई रुपन्देहीमा विभिन्न पेशामा आवद्ध भनभनेलीको छाता संगठन भनभने (गुल्मी) सम्पर्क समाजले रक्तदान कार्यक्रम गरेको छ ।

कर्मचारी युनियनका केन्द्रीय सदस्य नविन पन्थीबाट उद्घाटन भई शुरु भएको रक्तदानमा भनभने निवासीहरुको उल्लासमय उपस्थिती रहेको थियो । आफ्नो उद्घाटन भनाई राख्दै केन्द्रीय सदस्य नविन पन्थीले सामाजिक दायित्वबोध गरी रक्तदान कार्यक्रम राखिएको बताए ।

समाजका अध्यक्ष लोकनाथ पन्थीले कसैको खेर जाने रगतले अर्को विरामीलाई जीवनदान दिन्छ भन्ने सोचले यो कार्यक्रम राखिएको बताएका थिए । वृहद रक्तदान कार्यक्रमका संयोजक एवं सम्पर्क समाजका कोषाध्यक्ष प्रकाश पन्थीले स‌ंविधान दिवसको अवसरमा कार्यक्रम राखिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.