भद्रगोल चावहिल-जोरपाटी सडक

रिपोर्ट नेपाल | 2018 Jun 16 | 10:43 am 4085

काठमाडौं – चावहिल-जोरपाटी सडक तीन बर्षअघि विस्तार कार्य शुरु भएको हो । २०७४ फागुनमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

निर्माण गर्नुपर्ने म्याद गुज्रेको करिब ४ महिना भइसकेको छ । तर, १० प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ । बर्षातमा हिलाम्मे र गर्मीमा धुलाम्मे हुने यो सडकको अवस्था नाजुक छ । पैदल हिँड्ने यात्रु र स्थानीयले समयस्या झेल्नु परिरहेको छ ।

ह्यात होटेलसम्म कालोपत्रे गरे पनि ह्यातपछि सडक अलपत्र परेको छ । सडकको बिचैमा बिजुलीको तार छरपस्ट रहेको छ । निमार्ण सामाग्री ढुङ्गा, माटो पनि बिचैमा थुपारिएको छ । सडकको ठाँउठाँउमा ढलको पाइप फुटेको छ । पाइपबाट निस्केका ढल सडकमै जम्दा समेत सकार रमिते बनेर बसेका छन् ।

पानी परेको बेला हिलाम्मे र घाम लागेको बेला धुलाम्मे हुन्छ । समयमा बाटो नबनेपछि स्थानीय र पैदल यात्रु मारमा परेका छन् । सडक खनेकाले घरमा एकसप्तासम्म पनि धारामा आएको स्थानीहरु बताउछन् । जनताले तिरेको करको पैसा यसरी रातारात सडकमा खन्याएर बनाइएको कालोपत्रे कति दिन टिक्छ त्यसको जवाफ कसले दिने ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.