भद्रकुमारी घले सेवा सदनमा महानगरको डाेजर चल्याे

| 2023 Jul 19 | 12:57 pm 921

काठमाडाैं, साउन ३ । काठमाडाैं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका संरचनामा डाेजर चलाउन शुरु गरेकाे छ । धाेवीखाेला करिडाेरकाे रुद्रमति पुल सँगै रहेकाे उक्त सेवा सदनले व्यापारिक प्रयाेजनका लागि भाडामा लगाएका संरचनामा  महानगरले डाेजर चलाएकाे हाे ।

सार्वजनिक जग्गामा विभिन्न स‌ंरचना बनाई भाेग चलन गरेकाे भनेर ३ दिन अगाडी महानगर प्रहरीले भवनहरु खाली गराउन चेतावनी दिएकाे थियो  ।

करोडौ रुपैयामा निर्माण भएका संरचनामा विद्यालय देखि विभिन्न रचनात्मक कार्य गर्ने सामाजिक संस्थाहरु राखिएका छन्। केहि सटर भाडामा लगाइए पनि त्यहाँबाट हुने आम्दानी  सामाजिक कार्यमै खर्च गरिने बताइएकाे थियाे। २०२२ साल देखि भोगचलन गरीएको पाँच रोपनी जग्गामा गरीब र निम्न आय भएका परिवारका सन्तानले शिक्षा आर्जन गरी रहेका थिए । यसरी विभिन्न सामाजिक कार्य गरिरहेकाे भद्र कुमारी सेवा सद‌न‌ले वढीमा साढे पाँच रोपनी भोगचलन गरेको र त्यसको कागजात सुरक्षित रहेको घलेको भनाई रहे पनि अन्तमा महानगरले सार्वजनिक जग्गा स‌ंरक्षण अन्तरगतकाे कार्यलाई अगाडी बढाएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.