भक्तपुर–१ बाट नेमकिपाका प्रेम सुवाल निर्वाचित

रिपोर्ट नेपाल | 2022 Nov 24 | 11:13 am 225

भक्तपुर, मंसिर ८ः भक्तपुर क्षेत्र नम्बर–१ मा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल भारी मतान्तरले निर्वाचित भएका छन् । सुवालले फराकिलो जित दर्ता गराउने क्रममा नेकपा एमालेका नवराज गेलाललाई ३० हजार ८०० मतले पराजित गरेका हुन् ।

त्यहाँ सुवालले ४२ हजार ७६१ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका गेलाल ११ हजार ९६८ मतमा समेटिएका छन् ।

त्यस्तै यहाँ नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५२ सय ८३ मत ल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.