भक्तपुर केन्द्रबिन्दु भएर ४‍‍.७ रेक्टर स्केलको भूकम्पकाे धक्का

रिपोर्ट नेपाल | 2022 Jun 11 | 07:05 am 1341

काठमाडौं, जेठ २८: काठमाडौं उपत्यकामा मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ : ३६ बजे भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

केन्द्रले ४‍‍.७  रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ। भूकम्प गएलगत्तै स्थानीय बाहिर निस्किएका थिए।

उपत्यका आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.