भक्तपुरमा बर्डफ्लु भेटियो, ३ हजार कुखुरा नष्ट

रिपोर्ट नेपाल | 2019 Apr 04 | 04:17 pm 1313

भक्तपुर, चैत २१ : भक्तपुरको दधिकोटमा बर्डप्लु भेटिएको छ । दधिकोट नगरपालिका– १ स्थित तर्खगालको बहुउद्देश्य कृषि फर्ममा बर्डफ्लु देखिएको हो ।

कृषि फार्ममा बर्डफ्लु भेटिएपछि २८ साता पुगेका २ हजार ९ सय ८५ कुखुरा मारिएको छ । फर्ममा कुखुरासहित १ सय पचास किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको पशु विद् डा.चन्द्र ढकालले जानकारी दिए । वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गर्ने काम भएको हो ।

फर्मममा रहेका कुखुरा, दाना र अण्डा नष्ट गर्न पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको टोली बिहीबार त्यहाँ पुगेको थियो । पशुविद् डा. ढकालका अनुसार चार किल्लाभित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएकोे छ । कृषि फर्म वरपर बर्डफ्लु नियन्त्रण गर्न किटनाशक औषधि प्रयोग गरिएको ढकालले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.