भक्तपुर, असार २८ : भक्तपुरमा पहिरोले पुरिदा एकै परिवारका तीन जनाको ज्यान गएको छ।
रातभर परेको अविरल वर्षाका कारण गएको पहिरोले भक्तपुर नगरपालिका-७ मजुवा गाउँमा बिहीबार बिहान गएको पहिरोले एकै घरका तीन जनाको घटनास्थलमै ज्यान गएको हो। बिहिबार बिहान पौने ७ बजे खसेको पहिरोले स्थानीय बुद्ध लामाको एक तले घर पुरिएको हो।
घर पुरिँदा घरभित्र रहेका लामाका बुबा ७० वर्षिय हिरा लामा, ६५ वर्षिय पानमाया लामा र साढे २ वर्षीय छोरी सम्पदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
परिवारका अन्य सदस्य भने अर्को घरमा भएकोले सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।