भक्तपुरमा नेमकिपाको क्लिन स्विप

रिपोर्ट नेपाल | 2022 May 16 | 03:43 pm 1693

भक्तपुर, जेठ २ः भक्तपुर नगरपालिकाको मेयरमा झण्डै ९ गुणा मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार २ सय मत पाएका छन्। उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए।

त्यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन्। यो नगरपालिकामा नेमकिपाले क्लिन स्विप (मेयर, उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरु) सबै विजयीं) भएको हो। नगरपालिकामा विपक्षीहरुको जमानत जफत भएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.