भक्तपुरको होटलमा मृतअवस्थामा भेटिए एक जोडी

रिपोर्ट नेपाल | 2018 Jun 20 | 08:40 pm 3109

भक्तपुर,असार ६ : सूर्यविनायक नगरपालिका-९ बाँसघारीस्थित गारनिस होटलमा महिला र पुरुष मृत फेला परेको छ ।

प्रहरीका अनुसार मंगलबार गारनिस होटलको कोठा नम्बर २०३ मा बसेका बताएका छन् । मृत्यु हुनेमा ३० वर्षीय जीवन तोयना श्रेष्ठ भक्तपुर नगरपालिका–३ का र २२ वर्षीया मुन्नी तामाङ भिमेश्वर नगरपालिका–८ बोच दोलखाकी हुन् ।

होटलको कोठा लिएर बसेका उनीहरूले भोलिपल्ट अबेर सम्मपनि ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको ढोका फोडी हेर्दा महिला मुन्नी तामाङ खाटमा रगताम्य अवस्थामा मृत र पुरुष जीवन तोयना श्रेष्ठ बाथरुम भित्रको नुहाउने सावरमा प्लाष्टिकको कम्मर बेल्ट घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले बताए ।

घटना स्थलमा सिसाको टुक्राहरू फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.