भक्तपुरको सल्लाघारी क्षेत्रको पुराना रुखहरु काटिने

| 2022 Jul 25 | 12:51 pm 1381

भक्तपुर, साउन ९ः भक्तपुरको सल्लाघारी क्षेत्रका ठूला पुराना रुखहरु काटिने भएका छन्। सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु काटिने भएका हुन्।

आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबस च्यापिदा तीनजनाको मृत्यु भएको थियो।उक्त घटनामा परी मिनीबसमा सवारमध्ये जिल्लाको चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाहीको हरिवन नपा ४ का राजकुमार भुजेल ३ जनाको निधन भएको थियो ।

त्यस्ता घटनाहरु दोहरिन नदिन प्रकृति प्रतिकूल नहुने गरी रुखहरु हटाउने सहमति अनुसार पुराना रुखहरु काटिने भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.