ब्रोकरको कार्यालयहरूमा ताला, शेयर कारोबार प्रभावित

रिपोर्ट नेपाल | 2023 Jun 04 | 11:24 am 2197

काडमाडौं, जेठ २१। शेयर लगानीकर्ताहरूले ब्रोकर कार्यालयहरूमा ताला लगाइदिएपछि शेयर काराेबार प्रभावित भएको छ ।

आगामी आर्थिक वर्षको आर्थिक विधेयक शंसोधन नभएसम्म आन्दोलनरत लगानीकर्ताले शेयर कारोबार नगर्ने चेतावनी दिँदै ब्रोकर कार्यालयहरूमा तालाबन्दी गरेका हुन् ।

ब्रोकर कार्यालयहरूमा ताला लगाइएतापनि अनलाइनबाट कारोबार गर्न बनाइएकाे टिएमएस नखुलेका कारण कम्प्युटरबाट घरमै बसेर काराेबार गर्ने लगानीकर्ताले समेत शेयर किनबेच गर्न पाएका छैनन् । हाल तिर्दै आएको ५ र ७.५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग राखी लगानीकर्ता आन्दोलित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.