ब्राजील र स्वीजरल्याण्ड मैदानमा, नेयमार र शिकारीको भिडन्त शुरु

रिपोर्ट नेपाल | 2018 Jun 17 | 05:43 pm 1388

काठमाडौं, असार ३ : विश्‍वकपको दाबेदार ब्राजिल र स्वीजरल्याण्डबीचको खेल शु्रु भएको छ । चार वर्ष घरेलु भूमिमा व्यहोरेको ७–१ को अपमान बिर्सिने रणनीतिका साथ ब्राजिल स्वीट्जरल्याण्डविरुद्ध मैदान उत्रिएको छ ।

जब टिटेले ब्राजिलको प्रशिक्षण सम्हाले, उनले ब्राजिललाई रसियाको यात्रा तय गराउने पहिलो टिम बनाए । टिटेको प्रशिक्षणमा ब्राजिलले राम्रो लय समायो । पाँच पटकको च्याम्पियन ब्राजिलमा युवा खेलाडीको बाहुल्यता रहेको छ । जसमा ६ खेलाडीमा मात्र विश्वकप खेलेको अनुभव छ ।

टिटेको प्रशिक्षणमा ब्राजिलले खेलेको २१ खेलमा एकमा मात्र पराजय भोगेको थियो । ब्राजिलमा नेयमार, फिलिपे काउटिन्हो, विलियन र गाब्रियल जेसस जस्ता विश्वका महंगा खेलाडी आक्रमण पंक्तिमा छन् ।

स्वीट्जरल्याण्ड पछिल्लो दुई वर्षमा निकै राम्रो फर्ममा छ । सन् २०१६ को सुरुवातमा भएको युरोपियन च्याम्पियनसिपपछि खेलको १७ खेलमा स्वीट्जरल्याण्डले एक हार खेलेको थियो भने दुई बराबरी खेलेको छ । यस अर्थमा पनि स्वीट्जरल्याण्डको प्रदर्शन निकै राम्रो रहनेछ । यद्धपी उसले रसियामा छनोट हुनका लागि प्लेअफ खेल्नु परेको थियो । प्लेअफमा उत्तरी आयरल्याण्डलाई हराउँदै स्वीट्जरल्याण्ड विश्वकप खेल्नका लागि योग्य भएको थियो ।

ठूलो टिमलाई हराउनुको स्वाद स्वीट्जरल्याण्डलाई राम्रोसँग थाहा छ, जसले सन् २०१० को च्याम्पियन स्पेनलाई पहिलो खेलमा नै हराएको थियो ।

ब्राजीलियन स्टार नेयमार र स्वीजरल्याण्डका क्याप्टेन जर्दान शिकारीबीच भिडन्त शुरु भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.