ब्राउन सुगर सहित भारतीय नागरीक पक्राउ

| 2023 Jun 25 | 05:40 pm 1389

बर्दिया, असार १० । बढैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहा क्षेत्रमा लागु औषध (ब्राउन सुगर) सहित प्रहरीले मनोज कुमारलाई पक्राउ गरेको छ ।

त्यस एरियामा लागु औषधको कारोबार हुने गरेको भन्ने सूचना प्राप्त भए पछि लागु औषध नियन्त्रण ब्युरो नेपालगंज र ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट संयुक्त रुपमा प्रहरी टोली खटिई चेकजाँच गर्ने क्रममा भारतीय नागरीक मनोज कुमारलाई पक्राउ गरिएको हो ।

फुटाहा स्थित कच्ची सडकमा शंकास्पद तरिकाले पैदल आईरहेको अवस्थामा खानतलासी लिने क्रममा उनले लगाएको हाफ पाईन्टको खल्तिबाट प्लाष्टिकमा पोका बनाई राखेको ९८ ग्राम २८० मिलिग्राम लागु औषध (ब्राउन सुगर) सहित उनलाई प्रहरीले नियन्त्रमा लिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.