ब्यूरोले समायो लागूऔषधका कारोबारी

| 2023 Jan 05 | 02:40 pm 1501

काठमाडौं, पुस २१ः लागूऔषध नियन्त्रण ब्यूरोको अनुसन्धानका क्रममा खौरो हिरोइन ७४ ग्राम, नियन्त्रीत लागूऔषध तीन हजार एम्पुल, नाइट्राभेट ट्याबलेट चार हजार, पाँच सय चरेस सहित केही व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागूऔषध मुद्दा चलाइएको ब्यूरोले जनाएको छ ।

लागूऔषध सहित पक्राउ पर्नेमा सुजन कार्की रहेका छन् । उनीबाट खौरो हिरोइन ६८ ग्राम बरामद भएको छ । त्यस्तै प्रतिवादीलाई अनुसन्धानका क्रममा लागूऔषध बिक्रि गर्न पठाउने भनिएका प्रदिप राईलाई लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाका झापाले अर्जुनधारा नगरपालिका ३ बाट पक्राउ गरेको जनाइएको छ ।

त्यसैगरी विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका ९ बाट ५२ वर्षिया रेश्मा देवीको साथबाट ६ ग्राम खैराहिरोइन बरामद गरी अनसन्धान भइरहेको ब्यूरोद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । जारी विज्ञप्तीका अनुसार वीरगंजबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रुवाहक बसलाई नागढुङ्गा चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा वीरगंज महानगरपालिका २ का ४० वर्षीया सबिना खातुन, २७ वर्षिया सहनाज खातुन, ३३ वर्षिय शेष अमिर भाग्दै गरेको अवस्थामा पक्राउ गरी थानकोट वृत्तलाई बुझाएको छ ।

लागूऔषध नियन्त्रण तथा अनुसन्धान गर्ने क्रममा निगरानी गर्दै जाँदा ठमेल बजारमा बिदेशी पर्यटकलाई लागूऔषध बिक्रि गर्दै गरेको अवस्थामा गोरखा आरुघाट ३ का ४३ वर्षिय ओनारायण श्रेष्ठ, काठमाडौं महानगरपालिका ३ का ३४ वर्षिय सुरेन्द्र नेपाली, दोलखा मेलुङ ७ का ३६ वर्षिय विकास परियारलाई पक्राउ गरिएको जनाइएको छ ।

त्यसैगरी गोकर्णेश्वर नगरपालिका ८ का २५ वर्षिय रोशन श्रेष्ठ र २७ वर्षिय मनोज लामालाई नियन्त्रीत लागूऔषध कोडिन १०० एमएलको ८ बोतल सहित पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काद्वारा हस्ताक्षरीत विज्ञप्तीमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.