ब्यारेकभित्रै गरे एक सैनिकले आत्महत्या

रिपोर्ट नेपाल | 2019 Mar 05 | 09:06 am 1894

कञ्‍चनपुर, फागुन २१ : कञ्‍चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए। “आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ” उनले भने।

के कारण आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताइन्। खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.