काठमाडौँ ३० साउन / नेपाल लोकतान्त्रिक साना होटेल ब्यबसायी संघ नेपाली कांग्रेसको शुबेच्छुक संस्था हो। नेपाली कांग्रेस पार्टीले अन्य शुबेच्छुक संस्था सरह यसलाई पनि मान्यता दिए पछि नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघको केन्द्रिय समिति बिस्तार भएको छ।
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघको केन्द्रिय समिति काठमाण्डौका बिभिन्न स्थानमा व्यवसाय गरी बस्ने व्यवसायीहरु र काठमाण्डौ बाहिर हरेक जिल्लामा व्यवसाय गर्ने व्यवसायीहरुलाई समेटेर समिति बिस्तार गरिएको थियो ।
नेपाल लोकतान्त्रिक साना होटेल ब्यबसायी संघको बिधान २०७९ को परिच्छेद -०४,१५-१ को उपदफा “च” बमोजिम काठमाडौँ बागबजार स्थित कालिका गेस्टहाउसका संचालक, पर्यटन ब्यबसायी तथा समाजसेबी लक्ष्मण भण्डारी केन्द्रिय समितिमा मनोनित भएका छन्।