काठमाडौँ , बैशाख २७: बिगत लामो समय देखि धुँवा र धुलो को समस्याले ग्रस्थ भएका बौद्ध जोरपाटीका स्थानीय बासीले आन्दोलन बिना समन्धित निकाय मौन रहने निष्कर्ष निकाली गरेको आन्दोलनले सार्थकता पाएको छ । जनताका आगाडी जतिसुकै तानाशाहा भए पनि आन्तत् जनतासंग झुक्नु पर्छ भन्ने पाठ बिहिबार बौद्ध जोरपाटीका जनताले सिकाइ दिएका छन् ।
आन्दोलनरत जनतालाई शुरुमा प्रहरीले लाठिले दबाउने प्रयत्न गरिएपनि अन्तत जनताका अगाडी शासक झुक्न बाध्य भएका छन्। बौद्ध देखि जोरपाटीसम्म बाटो कालोपत्रे गर्ने ठेक्का पाएको युनाइटेड बिल्डर्सले त्यस भेगका जनतालाई आलटाल गरी सडक निर्माण कार्य तेत्तिकै रोकेको थियो। महिनौ सम्म धुँवाधुलोका कारण ब्यबसायमा फोहोर र स्यवास्थ्यमा खराबी आउदासम्म मौनबसेका बौद्ध जोरपाटिका जनताको धैर्यताको बाँध बिहिबार फुटेपछि आन्दोलनमा उत्रिएका थिए।
जनताका आगाडी प्रहरी प्रशासनको लाठी कमजोर भएपछी बिहिबार ठेकेदार कम्पनिका संचालक शकुन्तलाल हिराचनलाई बोलाएर वार्ता गरिएको थियो । बौद्धमा रहेको ६ नम्बर वडा कार्यालयमा भएको वार्तामा स्थानीय जनप्रतिनिधि, महानगरीय प्रहरी बौद्ध वृत्तका प्रमुख, स्थानीय ब्यबसायी प्रतिनिधि र ठेकेदार कम्पनिका प्रमुखबीच वार्ता भएको थियो। लामो समय चलेको वार्ताबाट निर्माण कम्पनिले हिजोदेखि नै कालोपत्रे गर्ने पूर्व तयारि गर्ने र २९ गते आइतबार देखि कालोपत्रे गर्ने सहमति भएको छ। वडा कार्यालयमा भएको वार्ताबाट ६ बुदे सहमति गरिएको छ।
सहमति अनुसार धुलो न्यूनीकरणका लागि कालोपत्रे समाप्त नहुँदासम्म नियमित ट्यांकरबाट पनि छर्किनु पर्ने भए को छ । सहमति अनुसार काम नभएमा यो भन्दा बढ्ता आन्दोलन गर्ने भनि दुवै तर्फले सहमति पत्रमा हस्ताक्षर गरी तत्कालका लागि आन्दोलन स्थगन गरिएको छ।