बोराले थिचेर एकै परिवारका चार जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 30 | 05:24 pm 1950

भैरहवा, माघ १६: बोराले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीय छोरी सहिना खातुन रहेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा आँफैले राखेका बोराले थिचिएर पुरै परिवारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घरको सटरभित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउँमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर थिच्दा निस्सासिए फेर्न नसकी मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

रुपन्देही प्रहरीका अनुसार हुसेन परिवारले विगत १५र२० वर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर विक्री वितरण गर्दै आएका थिए ।

उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भिम अस्पतालमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.