बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबालाई ५ वर्ष कैद र १ लाख जरिवाना

| 2018 Jun 01 | 09:12 am 3023

धनगढी  १८ जेठ : कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने राम बहादुर चौधरीसहित तीनजना दोषी ठहर भएका छन् । भोलेबाबा र उनका सहयोगी किस्मती चौधरी र स्मारीका चौधरी दोषी ठहर भएका हुन् ।

भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख, किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार रुपैयाँ, स्मारीका चौधरीलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालत कैलालीले सुनाएको छ ।

जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले उनीहरूलाई यस्तो फैसला सुनाएको हो । भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अन्य तीन जनालाई भने अदालतले सफाइ दिएको छ । भोलेबाबालाई सहयोग गरेको आरोपमा पक्राउ परेका चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाइ दिएको छ ।

राधालाई फागुन २४ गते महिला दिवसकै दिन बोक्सीको आरोपमा मरणासन्न हुने गरी गरेका थिए। उनीमाथि कुटपिट गरेको आरोपमा ६ जना विरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.