बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 29 | 05:20 pm 1957

काठमाडाैं, भदाै १२ । बैंकिङ कसुरका फरार आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १० स्थायी घर भई काठमाडाै सतुङ्गल बस्‍ने वर्ष ४५ को राजेन्द्र भण्डारी र निर्माला कार्की (भण्डारी)  रहेका छन ।

उनीहरुलाई कास्की जिल्ला अदालत पोखराको मिति २०८०-०३-०१ गतेको आदेशले २ वर्ष कैद सजाय तोकेको थियो ।

उनीहरुलाई थप अनुसन्धान एवम् आवश्यक कानुनी कारवाहीको लागी वडा प्रहरी कार्यालय रामबजार, कास्की पोखरा पठाईएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।   ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.