काठमाडाैं, जेठ १ः बैकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रौतहट, गजुरा न.पा.वडा नं.०२ स्थायी घर भई हाल भक्तपुर, मध्यपुरठिमी न.पा. वडा नं.०१ बस्ने वर्ष ३२ का उत्तरमान गोले रहेका छन् ।
सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।०८।१३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा रू.४ लाख ६० हजार जरिवाना र २ दिन कैद सजाय तोकी फरार रहेका गाेलेलाई प्रहरीको बिशेष टोलीले भक्तपुर, लोकन्थलिबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाण्डौ उपस्थित गराईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।