काठमाडाैं, बैशाख १ः बैकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । उक्राउ पर्नेमा दुप्चेश्वर -०२, नुवाकोट घर भइ हाल : काठमाण्डौ, महांकाल बस्ने ३९ बर्षीय बिकाश तामाङ रहेका छन् ।
कारसाङ घिसिङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिकाश तामाङ भएको बैकिङ कसुर मुद्दा विगो रू.१ कराेड २५ लाख रहेकाेमा फरार रहेका प्रतिवादि तामाङको नाममा सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट मिति २०७९।११।२६ गते पक्राउ पुर्जी समेत जारी भएकोले निज प्रतिवादीलाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।१२।२९ गते काठमाण्डौ जिल्ला नयाँबानेश्वर बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर, टेकु पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।