बैकिंङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2021 Sep 14 | 06:16 pm 213

काठमाडौं, भदौ २९ः बैकिंङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ७ काँडाघारी बस्ने ३९ वर्षीय दिपक कार्की रहेका छन् ।

नारायण काजी कार्कीको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी दीपक कार्की भएको बैकिंङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७६ चैत १८ गतेको फेसलाले अभियुक्त कार्कीलाई तीस लाख बिगो बमोजिमको जरिवाना र ७ दिन कैद तोकिई हालसम्म फरार रहेका थिए ।

महाशाखाको टोलीले खोजतलास गर्ने क्रममा कार्कीलाई सोमबार काठमाडौंको काँडाघारीबाट फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.