काठमाडौं, पुस १९ः इलाका प्रहरी कार्यालय गजुरी धादिङले बैकिंङ कसुर गरी फरार भएका एक अभियुक्तलाई काठमाडौंको चन्द्रागिरीबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका ८ घर भई हाल काठमाडौंमा लुकिछिपी बसेका राजु लामालाई पक्राउ गरेको थियो ।
अदालतबाट मुद्दा फैसला भई पाँच लाख जरीवाना र तीन दिन कैद सजाय सुनाइएका लामा लामो समयदेखि लुकिछिपी बस्दै आएका थिए ।
विशेष सुराकीको आधारमा गजुरीबाट प्रहरी निरीक्षक पाण्डेको कमाण्डमा प्रहरी काठमाडौं आई शनिबार पक्राउ गरिएको हो ।
फरार लामालाई आज आइतबार अदालत बुझाउने कुरा इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।