काठमाडाै, असार २७ । ९८६२२२५५४२, ९७६२५१२८४१काे माेवाइल नम्बरबाट फोन सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई ठगी गरेकाे आराेपमा महमद मोजाहीद मियालाई काठमाडाै उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले पक्राउ गरेकाे छ ।
पक्राउ परेका मियाले बिभिन्न बैकको आधिकारीक कर्मचारी हुँ भन्दै बैक खातासंग वालेट आईडी जाेड्ने , खाता नविकरण, केवाइसी अपडेट, ट्रान्सफर चार्ज नलाग्ने, राम्रो बोनस प्राप्त हुने जस्ता कार्य गरीदिने भनी बहाना बनाई पिडितहरुकै बैक खाता लगायत ओटिपी कोड समेत मागी लिई खातामा पहुँच पुर्याई अन्यत्र बैक खाता तथा वालेटहरुमा रकम रकमान्तर गरी ठगी गरेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे । उनले ११ लाख १२ हजार ८ सय ४० रुपैया ठगी गरेकाे कुरा कार्यालयका सुचना अधिकारी रविन्द्र रेग्मीले जनाएका छन् । अभियुक्त्त मियालाईआवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको पनि जनाइएकाे छ ।