बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2022 May 31 | 03:05 pm 1377

काठमाडौं, जेठ १७ः बैंकङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङ्टार नगरपालिका–२ घर भई हाल काठमाडौं नार्गाजुन नगरपालिका–१ बस्ने ५१ वर्षीया लक्ष्मी सापकोटा रहेकी छन् ।

सापकोटाले बङ्गलादेश बैंक लिमिटेड मैतीदेवी शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएकामा उच्च अदातल पाटनले बैंकिङ कसुर गरेको ठहर गरेको थियो ।

अदालतले सापकोटालाई बैंकिङ कसूर बमोजिम पाँच दिन कैद र १२ लाख रुपियाँ जरिवाना हुने ठहर गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवम् पक्राउको लागि परिचालित टोलीले सापकोटालाई मङ्गलबार बानेश्वरबाट पक्राउ गरिएको हो । सापटकोलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत पेश गरेको उपनिर्देशक एवम् प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.