बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2021 Sep 15 | 05:56 am 165

काठमाडौं, भदौ ३०ः बैंकिङ कसुर मुद्दाका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली गौरीगंगा नगरपालिका वडा नं.३ घर भई हाल काठमाडौं महानगरपालिका ५गहन पोखरी बस्ने ३२ वर्षीया जसमिन झा रहेकी छन् ।

उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७७ चैत ११ गते सात दिन कैद र १६ लाख जरिवाना सजाय फैसला भई हाल फरार रहेकी थिइन् ।

झालाई महाशाखाबाट खटी गकएको प्रहरी टोलीले मिति २०७८ भदौ २९ गते काठमाडौं महानगरपालिका ५ गहन पोखरीबाट नियन्त्रणमा लिई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बाताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.