बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 13 | 04:21 pm 2558

काठमाडौं, असोज २७ः बैंकिङ कसुरमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग साविक जिवनपुर गाबिस ८ परिवर्तित धुनिवेसी नगरपालिका ५ घर भई हाल कामनपा १३ बस्ने ५१ वर्षीय पन्चम अकौलिया रहेका छन् ।

मनोज प्रसाद साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पन्चम अकौलिया भएको बैंकिङ् कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७५ असार २२ गतेको फैसलाले अकौलियालाई १० दिन कैद र १७ लाख रुपैंया जरिवाना हुने ठहर भएको थियो ।

उल्लेखित सजाय वेरुजू रही फरार रहेका  अकौलियालाई २०७७ असोज २६ चितवन भरतपुर नगरपालिका २३ मा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको छ ।

फैसला कार्यान्वयनको लागि आज मंगलबार सम्मानित चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको हो।

अभियुक्त अकौलियाले २०७५ बैशाख २० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी मनोज प्रसाद साहलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबि बैंक लिमिटेडको चेक काटी दिएकोमा बैकिङ्क सूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको ब्यहोरा जानकारी गराईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.