बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2023 Jan 06 | 08:53 am 1137

काठमाडौं, पुस २२ः बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका १८ घर भई हाल काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने ५६ वर्षिय सरोज कार्की रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा सम्मानीत उच्च अदालत पाटनबाट मिति २०७९ असोज ३१ गते भएको फैसलामा रु. ५ लाख ५० हजार जरिवाना, २ दिन कैद र रु २ हजार २ सय क्षतिपुर्ती भराउने गरी फैसला भएको थियो ।

फैसला पश्चात् फरार रहेका उनलाई मिति २०७९ पुस २० गते ललितपुर महानगरपालिका चापागाउँ दोबाटोबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत उपस्थितिका लागि पठाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.