काठमाडाैं, साउन ११ः बैंकिङ् कसूर मुद्दाका फरार एक अभियुक्तलाइ केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा तनहुँ ब्याँस नगरपालिका ९ बस्ने ४५ वर्षीया शोभा गुरुङ रहेकी छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेको अवस्थामा अभियुक्त शोभा गुरुङलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको बताइएकाे छ ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सानिमा बिकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७।१२।३० गते निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा निम्न अनुसार सजाय हुने गरी फैसला भएको थियाे ।