बैंकिङ् कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

| 2021 Jul 25 | 04:31 pm 1861

काठमाडाैं, साउन १०ः बैंकिङ् कसूर मुद्दाका फरार एक अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूराेले  पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडाैं बुढानिलकण्ठ नगरपालिका वडा नं.-४ हात्तिगौडा बस्ने ४५ बर्षीया निता भण्डारी रहकी छन् ।

यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे हाे ।

अभियुक्तले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी मुक्तिनाथ बिकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट मिति २०७८।०१।०६ गते उनको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम सजाय हुने गरी फैसला भएको बताइएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.