बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2021 Oct 05 | 06:46 pm 1729

काठमाडाैं, असाेज १९ः बैंकिङ् कसूर मुद्दाका फरार एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा  सिन्धुपाल्चोक बलेफी गाउँपािलका वडा नं.७ घर भई हाल काठमाडाैं महानगरपालिका वडा नं.३ महाराजगंज बस्ने ३० वर्षीय  सुजन तामाङ् रहेका छन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आई.एम.ई बैंकको चेक
काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७ पुस ६ गते निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ८ दिन कैद र रू.२० लाख रुपैंया जरिवाना ठहर भएकोमा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित विशेष टोलीले निज प्रतिबादीलाई महारागंज काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूराेले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.