बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2021 Sep 03 | 05:17 pm 1705

काठमाडाैं, भदाै १८ः बैंकिङ् कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ईलाम देउमाई गा.वि.स. वडा नं.९ साविक जितपुर गा.वि.स. वडा नं.४ घर भई हाल बिर्तामोड न.पा.वडा नं.५ मंगलदिप बस्ने ४३ वर्षीय टंक नाथ कट्टेल रहेका छन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सिभिल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७।१०।०४ गते प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र रू.६० लाख जरिवाना ठहर भएकोमा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिबादीलाई बिर्तामोड झापाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित झापा जिल्ला अदालतमा पेश गरिएको ब्यूराेले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.