बेहुली झैं सिँगारिए संसद् भवन

रिपोर्ट नेपाल | 2019 May 03 | 01:48 pm 3615

काठमाडौँ, वैशाख २०:  शुक्रबार अपरान्ह्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट आर्थिक वर्ष २०७६–७७ मा सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि नयाँ बानेश्वरस्थित संसद् भवन झकिझकाउ बनाइएको छ ।

राष्ट्रपति भण्डारीलाई स्वागत गर्नका लागि संसद् भवनको गेटदेखि भित्रैसम्म नेपाली राष्ट्रिय झण्डालगायत विभिन्न ध्वजापताका राखेर संसद् भवन सिँगारिएको हो । संसद् भवन सजावट गर्न शुक्रबार बिहानदेखि नै संसद्का कर्मचारी खटिएका थिए । दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तयार पारिएको नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा संयुक्त रूपमा एकसाथ प्रस्तुत गर्ने भएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.