बेवारीसे अवस्थामा रहेको कार्टिज बरामद

| 2023 Apr 28 | 05:42 pm 1249

पर्सा, बैशाख १५ः जिल्लाको बिन्दवासीनी गाउँपालिका ३ स्थित ईटाही ईलाकाबाट शुक्रबार सशस्त्र प्रहरीले १२ बोर सट गनको १७ वटा फायर भएको र १२ वटा फायर
नभएको कार्टिज बरामद गरेको छ ।

सोही ठाउँस्थित स्थानीयको खेतबारीमा बेवारीसे अवस्थामा रहेको भन्ने खवर प्राप्त भएपश्चात खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले सो कार्टिज सहित सट गनमा प्रयोग हुने सिलिङ्ग ३ वटा, राउण्ड राख्ने बिन्दुली २ वटा समेत बरामद गरेको छ ।

बरामद कार्टिज र सामान ईलाका प्रहरी कार्यालय पोखरीयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.