बेवारिसे किशोरीलाई बाजुरा प्रहरीको सहयोग

रिपोर्ट नेपाल | 2019 Apr 03 | 04:05 pm 2696

बाजुरा, चैत्र २० : शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले समाजसेवा पनि गर्छन भन्ने उदाहरण बाजुरा प्रहरीले पटक पटक देखाएको छ । प्रहरी शासक नभएर सेवक हो भन्ने प्रष्ट पर्नका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सोच अनुसार प्रहरी समुदाय साझेदारी कार्यक्रम अघि सारिएको छ ।

अत्यन्तै प्रभावकारी भएको यो कार्यक्रम कही कतै तामझामका साथ भएका छन् भने कतै सुक्ष्म तर यथार्थपरक भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले पछिल्लो पटक प्रहरीले शान्ति सुरक्षा र चेतनामुलक कार्यक्रम मात्रै होइन कि अप्ठ्यारोमा परेका नागरिकलाई आफ्नो परिश्रमको रकम दिएर पनि सहयोग गरेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार बाजुरा प्रहरीले एक बेवारिसे अवस्थामा प्रहरी कार्यालयमा आएकी एक युवतीलाई त्यहाँ कार्यरत कर्मचारीले पैसा उठाएर घर पुग्न सक्ने रकम हस्तान्तरण गरेका छन् ।

बझाङ जिल्लाको साविक कोट देवल गाविस माइतिघर भई हुम्ला जिल्लाको साविक स्याडा गाविस ८ खोल्सी घर बताउने २२ वर्षीया किशोरी निरुता सिंह बेवारिसे भई जिप्रका पुगेकी थिइन । उनको घर पुग्न आर्थिक नभएको सुनेपछि कार्यालय प्रमुख उद्धवसिंह भाटको सकृयतामा र कार्यरत कर्मचारीको तप्तरतामा दुई हजार छ सय रुपैयाँ जम्मा गरी हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण गरिएको रकम सानो देखिए पनि २२ वर्षीया किशोरीको सवालमा यो रकमले ठूलो अर्थ राख्ने हुँदा बाजुरा प्रहरीले सम्भाव्य घटना रोक्न प्रशंसनीय कार्य गरेको स्थानीय बासी बताउँछन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.