ताप्लेजुङ, जेठ ६ः जिल्लाको फक्ताङलुङ गाउँपालिका ६ रानीपुल स्थितमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा १ जना कामदारको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बारा सिमराका २६ बर्षीय श्याम सुन्दर चौधरी रहेका छन् ।
उनको बुधवार अपरान्ह ५ बजेको समयमा काम गरिरहेको अवस्थामा अचानक चिप्लिएर लडेको र सोही क्रममा पुल लगाउन राखिएको फलाम समेतले किच्दा घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको बुझिएको छ ।