काठमाडौं, चैत ११ः बेलायतमा बसोबास गरिरहेका मनकारी नेपालीहरुले नेपालमा मृगौला फेल भइ उपचाररत एक व्यक्तिलाई आर्थिक सहयोग गरेका छन् ।
बेलायत निवासी बद्री खनाल नेतृत्वको टोलीले बेलायत बसोबास गरिरहेका मनकारी व्यक्तिहरुद्वारा संखुवासभा खाँदवारी
नगरपालिकाका ४५ बर्षीय जीत बहादुर रानालाई आर्थिक सहयोग स्वरुप तीन लाख २० हजार रुपैयाँ सहयोग गरेको हो ।
विगत ६ महिनादेखी मृगौला पीडित राना काठमाडाैंकाे गंगबुस्थित बुलन्द अस्पतालमा डायलासिस सहित उपचार गराइरहेका छन् ।
बेलायतमा संकलित उक्त रकम काठमाडाैं निवासी मेघराज खनालले अस्पताल पुगेर रानालाई चैत ४ गते हस्तान्तरण गरेको जानकारी दिए । रानाले उक्त रकम उनको मृगौला फेर्न र त्यसअघि डायलासिसका लागि उपयोग गर्ने खनालले जानकारी दिए । उक्त रकम प्राप्त गरेपछि रानाले खुशी व्यक्त गर्दै भविष्यमा पनि यस किसिमको सहयोगको अपेक्षा गरेको खनालले जानकारी दिए ।