बेलबारीमा ‘ग्याङ फाइट’ हुँदा एकको मृत्यु , तीन घाइते

| 2020 Aug 28 | 06:39 pm 2086

मोरङ, भदाै १२ः जिल्लाकाे बेलबारी नगरपालिका ५ कसेनीको लोहन्द्रा खोलामा दुई समुहबीच ग्याङ फाइट हुदाँ एक जनाको मृत्यु भएको  छ ।

मृत्यु हुनेमा चन्द्र कुमार राई रहेका छन् । शुक्रबार दिउँसो स्थानीय दिनेश श्रेष्ठको समुहले खुकुरी प्रहार गरी गम्भीर घाइते भएका राई विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार घटनामा परी घाइते भएका तीन जना सइकुमार राई , समुद्र राई र गौरव राईको सोही अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

दुवै पक्षबीच बिहीवार साँझ मदिरा सेवन गरि सामान्य वादविवाद भएको र शुक्रबार विहान कसेनी पुलमा ग्याङ् फाइट भएको प्रमुख खड्काले बताए ।

बेलबारी ५ कसेनी स्थित लोहन्द्रा पुलमा सोही स्थानका जितेन चौधरी, दिनेश श्रेष्ठ र सन्तोष मगरले धारिलो हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने जितेन चौधरी पनि घाइते भएकाले उनको पनि उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.